Century Times

सुनचाँदीको मूल्य तोलामा दुई सय रुपैयाँले घट्यो

सुनचाँदीको मूल्य तोलामा दुई सय रुपैयाँले घट्यो

काठमाडौं । सुनचाँदीको मूल्य आज साताको पहिलो दिन सामान्य घटेको छ ।

गत शुक्रबारको तुलनामा सुन तोलामा दुई सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज(आइतबार)का लागि छापावाल सुन तोलाको ९८ हजार ४ सय रुपैयाँ कायम गरेको छ ।

गत शुक्रबार तोलाको ९८ हजार ६ सयमा कारोबार भएको थियो । यस्तै तेजाबी सुनको मूल्य पनि घटेर तोलाको ९७ हजार ९ सय रुपैयाँ कायम गरिएको छ ।

गत शुक्रबार तोलाको ९८ हजार १ सय तोकिएको थियो । चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले कमी आएको छ ।

गत शुक्रबार तोलाको १३ सय ५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य यसदिन १३ सय २५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

तोलामा एक लाख रुपैयाँ कटिसकेको सुनको मूल्य गत बुधबार एकै दिन ६ हजार २ सय रुपैयाँले घटेको थियो ।

Source:imagekhabar

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »