अमेरिकी प्रतिबन्ध झेलिरहेको चिनियाँ प्रविधि कम्पनी हुवावेलाई गत महिना बेलायतले पनि बेवास्त गर्यो।
सहमति भएर हुवावेले फाइभ–जी सन्जालका लागि बेस स्टेसनहरु पनि खडा गर्न थालेको थियो। तर अमेरिकी दबाबबीच बेलायतले अन्ततः हुवावेसँगको सम्पर्क टुटायो।
प्रधानमन्त्री बोरिस जोनसनले अमेरिकाले खतरा मानेको हुवावे बेलायतका लागि सुरक्षित हुन नसक्ने बताए।
फाइभ–जी इन्टरनेटको प्रतिस्पर्धामा सबैभन्दा अगाडि देखिएको हुवावेलाई पश्चिमा देशले पूर्ण रुपमा प्रतिबन्ध लगाएका छन्।
तर अफ्रिकाले भने हुवावेलाई स्वागत गरेको देखिएको छ। दक्षिण अफ्रिकाको मोबाइल नेटवर्क कम्पनी ‘रेन’ले हुवावेको फाइभ–जी प्रविधि प्रयोग गरेको छ।
अफ्रिकाका एमटीएन ग्रुपले पनि हुवावेको फाइभ–जी प्रयोग गर्ने भएको छ। चर्चित शहरहरु जोहानसबर्ग, केप टाउन, ब्लोइमफोनटेन र पोर्ट इलिजाबेथमा एमटीएन ग्रुपले हुवावेको प्रविधि प्रयोग गरेर फाइभ–जी सेवा दिनेछ।
केन्यामा यसैवर्ष टेलिकम कम्पनी सफारीकमले हुवावेको इन्टरनेट सेवा उपयोग गर्ने अपेक्षा गरिएको छ। हाल यस कम्पनीले हुवावेको फाइभ–जीको गुणस्तरबारे परीक्षण गरिरहेको छ।
एससीएमपीका अनुसार लेसोथो, इजिप्ट, नाइजेरिया, युगान्डा, सिनेगल, मोरोक्को, कंगो तथा गाबोनले पनि हुवावेको इन्टरनेट सेवा परीक्षण गरिरहेका छन्।
Source:nepalkhabar
Century Times
