Century Times

हङकङमा कोरोनाविरुद्धका नियम अर्को हप्तासम्म लागू, आज ४६ संक्रमित थपिए

हङकङमा कोरोनाविरुद्धका नियम अर्को हप्तासम्म लागू, आज ४६ संक्रमित थपिए

हङकङमा कोरोना भाइरसविरुद्धका नियमहरु आगामी हप्तासम्म लागू हुने भएका छन्।

सोमबार हङकङमा ४६ नयाँ संक्रमित थपिएसँगै एक हप्तासम्मका लागि कोरोनाविरुद्धका नियमहरु पुनः लागू हुने भएका हुन्।

यससँगै हङकङका होटल तथा रेस्टुरेन्टमा बसेर खाना खान नपाइने नियम आगामी हप्तासम्म बढेको छ। यस्तै आगामी हप्तासम्म यहाँको सार्वजनिकस्थलमा हिँड्दा मास्क अनिवार्य गरिएको छ।

साथै एक स्थानमा दुईभन्दा बढी जम्मा हुन पाइनेछैन। यी नियमहरु आज मध्यरातिदेखि समाप्त हुँदै थिए। तर कोरोना संक्रमित दैनिक बढिरहेको समयमा यी कोरोनाविरुद्धका नियमहरु एकहप्ता बढेका हुन्।

हालसम्म हङकङमा ४५ सयभन्दा बढीमा कोरोनाको संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये ६९ जनाको मृत्यु भइसकेको छ भने ३५ सय उपचारपछि स्वस्थ बनेका छन्।

Source:nepalkhabar

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »