Century Times

देशभरी ४९ प्रहरी उपरीक्षक (SP) को सरूवा, जनकपुरमा कृष्ण प्रासाई

Four staff of Nepal Police Headquarters test positive for ...

जनकपुर | प्रहरी प्रधान कार्यालयले ४९ जना प्रहरी उपरीक्षक (एसपी)को सरूवा गरेको छ।

प्रहरी महानिरीक्षकको सचिवालयका अनुसार बिहीबार भदौ महिनादेखिको तलब भत्ता समेत हाल सरूवा भएको दरबन्दीबाट पाउने गरी ४९ एसपीको सरूवा भएको हो।

मानव बेचबिखन तथा ओसारपसार ब्युरोमा अनुराग द्विवेदीको सरुवा भएको छ। सप्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाईंको दुई नम्बर प्रदेश प्रहरी कार्यालयमा सरुवा भएको छ।

रुपन्देहीमा प्रवीण पोखरेलको सरुवा भएको छ। उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा थिए। रुपन्देहीका हेमकुमार थापाको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा भएको छ। सर्लाहीमा सन्तोषसिंह राठौरको सरुवा भएको छ। केन्द्रीय अनुसन्धान ब्युरोका बेलबहादुर पाण्डेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा सरुवा भएको छ।

महानगरीय अपराध महाशाखाबाट होविन्द्र बोगटीलाई स्याङजाको प्रमुखको जिम्मेवारी दिएको छ। उनको स्थानमा बागमती ट्राफिक प्रदेशका प्रकाश रानाभाटको सरूवा भएको छ।

महानगरीय ट्राफिक महाशाखाका प्रवक्ता बामदेव गौतमको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय, कैलालीमा सरूवा भएको छ।

महानगरीय प्रहरी परिसर, ललितपुरका तुलबहादुर कार्कीको नुवाकोट जिल्ला प्रमुखको जिम्मेवारी पाएका छन्। ललितपुरमा भने सिन्धुपालचोकका प्रज्वल महर्जन आउने भएका छन्।


Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »