
जनकपुरधाम, भदौ १० गते । कोरोना संक्रमणको बेला जनकपुरमा ऊपचार न पाएर विरामीको मृत्यु भएको समाचारहरु बाहिरिएको बेला जनकपुरधाम उप महानगर पालिकाका एक बड़ाले आफ्नो वार्डवासिको लागि स्वास्थ परीक्षण गर्न र निशुल्क आपतकालिन स्वास्थ्य शिवीर अभियान नै संचालन गर्न लागेका छन । सामान्य प्रकृतिका बिरामीहरुलाई पनि समयमा उपचार प्रदान गर्ने उद्देश्यका साथ जनकपुर वार्ड ७ मा अभियान सञ्चालन हुन लागेको छ ।
कोरोना महामारीको यस संकटपूर्ण समयमा सामान्य प्रकृतिका बिरामीहरुलाई पनि समयमा उपचार प्रदान गर्ने उद्देश्यका साथ जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–७ ले ‘आपतकालीन निःशुल्क स्वास्थ्य शिविर अभियान’ सञ्चालन गर्न लागेको हो । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–७ का वडाध्यक्ष जानकीराम साहले बालबालिक, महिला र वृद्धवृद्धाको अवस्थालाई ध्यान दिंदै अभियान सुरु गर्न लागिएको जानकारी दिएका छन् । उनले आफ्नो वडाबासीलाई प्रत्येक शुक्रवार, शनिवार र आइतवारका दिन बिहान ८ बजेदेखि १० बजेसम्म चिकित्सकहरु डा.ज्याउल हक (गाइनो), डा.श्रीराम शर्मा (जेनरल फिजिसियन र मेडीसिन) र डा.जाफर राईन (बाल रोग विशेषज्ञ) को टिमद्धारा निःशुल्क स्वास्थ्य परिक्षण गरिने बताए । साहले अहिले कोरोना संक्रमणको बेला अस्पतालमा भर्ना न लिने, डॉक्टरले रोगीको ऊपचार न गर्ने जनगुनाशाहरु आएकोले गर्दा वार्डवासीको स्वास्थ्यसेवालाई ध्यान दिएर यो अभियान संचालन गर्न लागेको वडा अध्यक्ष साहले जानकारी दिए ।
वडाध्यक्ष जानकिराम साहको संयोजकत्वमा आपातकालीन निःशुल्क स्वास्थ्य शिविर अभियानका लागि समिति समेत गठन गरिएको छ । समितिका सदस्यहरुमा पत्रकार किरण कर्ण, कार्यपालिका सदस्य श्यामा झा, जिरोमाइल प्रहरी चौकीका इन्चार्ज, नागरिक समाजका डा.बिनोद साह, योग गुरु मनोहर प्रसाद साह,मोहम्मद गुलाम रसूल,जीरोमाइल युवा कमिटीका अध्यक्ष, भैरव युवा कमिटीका अध्यक्ष, वडा सदस्य संतोष सरवरीया, वडा सदस्य मो.नाजिर हुसेन र वडा सदस्य रामराजी देवीलगायतकाहरु रहेका छन् ।
