Century Times

जिल्ला अस्पताल पाँचथरमा आइसीयू र भेन्टिलेटर जडान गरिने

जिल्ला अस्पताल पाँचथरमा आइसीयू र भेन्टिलेटर जडान गरिने

पाँचथर । जिल्ला अस्पताल पाँचथरमा आइसीयू र भेन्टिलेटर जडान गरिने भएको छ ।

सदरमुकाम फिदिममा रहेको अस्पतालमा सघन उपचार कक्ष निर्माण र भेन्टिलेटर जडानका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुई करोड बजेट विनियोजन गरेको छ ।

अस्पतालमा १० शैय्याको आइसीयू तथा पाँच वटा भेन्टिलेटर जडानका लागि मन्त्रालयबाट पत्र प्राप्त भएको अस्पताल प्रमुख डाक्टर बुद्धिबहादुर थापाले बताउनुभयो ।

पाँचथरसहित पूर्वी पहाडका ताप्लेजुङ, तेह्रथुम र इलाम जिल्लाका सेवाग्राही लाभान्वित हुने अस्पतालको स्तरोन्नति र अत्याधुनिक सेवा विस्तार अत्यावाश्यक भएकाले बजेट विनियोजन भएको हुन सक्ने उहाँले बताउनुभयो ।

Source:imagekhabar

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »