Century Times

मेथिनकोट प्रादेशिक अस्पताल बन्ने

मेथिनकोट प्रादेशिक अस्पताल बन्ने

काभ्रे, भदौ २० । काभ्रेको नमोबुद्ध नगरपालिका–४ मा रहेको मेथिनकोट अस्पताल प्रादेशिक अस्पताल बन्ने भएको छ ।

वाग्मती प्रदेश सरकारले उक्त अस्पताललाई प्रादेशिक अस्पताल बनाउने निर्णय गरेको हो ।

मेथिनकोट अस्पताल हाल नमोबुद्ध नगरपालिकाअन्तर्गत् सञ्चालनमा छ ।

मेथिनकोट अस्पताल प्रादेशिक अस्पताल बनेसँगै दाप्चामा नगर अस्पताल स्थापना गर्ने तयारी नगरपालिकाले गरेको छ ।

हाल मेथिनकोट अस्पताल १५ शय्याको छ । अब प्रादेशिक अस्पताल बनेपछि अस्पतालको क्षमता बढ्नेछ भने विशेषज्ञ सेवासमेत उपलब्ध हुनेछ ।

मेथिनकोट अस्पताल प्रादेशिक अस्पताल बनेसँगै काभ्रेसहित रामेछाप, सिन्धुलीलगायतका जिल्लाका सर्वसाधारणलाई सेवा पाउन सहज हुनेछ ।

Leave a reply

Your email address will not be published.

Translate »