
जनकपुरधाम | सहिद कामेसवर कुशेसवर को ४८ औं स्मृति दिवक को अवसर मा दिपप्रजवलन गरि श्रद्धाञ्जली अर्पन गरिएको छ। नेविसंघ राराब इकाई कमिटी को सभापति सुजित यादव को अध्यक्षता मा तथा नेपाली कांग्रेस धनुषा का सचिब बिशेश्वर यादव ज्यु को प्रमुख आतिथ्यमा जनक चौक मा दिप प्रजवलन तथा मौन धारन गरि श्रद्धाञ्जली अर्पन गरिएको छ।नेपालकाे प्रजातान्त्रिक इतिहासमा नेपाल विद्यार्थी संघका क्रान्तिकारी याेद्वाहरुले निरंकुश सर्बसतावादी पञ्चायत शासकहरुकाे दमन र अत्याचार विरुद्धकाे संघर्शमा विद्यार्थी अान्दोलन, माअाेवादी हत्या एवं लाेकतान्त्रिक अान्दोलनहरुमा अाफ्नाे त्याग पुर्ण अाहुती दिदै अाएका छन् । कहिल्यै झुक्न नजानेकाे नेपाल विद्यार्थी संघकाे ‘कलम र मसाल’ अंकित क्रान्तिवाहक ध्वजालाई सधै उचाे राख्ने क्रममा हाम्रा धेरै शहिदहरु हासी हासी शहादत प्राप्त गरेका छन् । “जदुकाेहा” काण्डकाे नामले चर्चित याे हत्याकाणड २०२९ अाश्विन १ गते अर्थात अाज कै दिन भएको थियाे । शिक्षालाई केवल पञ्चायती व्यवस्थाकाे गुणगान गर्नका लागि पञ्चायती सुधारकहरुले “नयाँशिक्षा ” काे नाममा गलत शिक्षा निति लागू गरेको विरोध मा ने.वि.संघ का विद्यार्थी हरु अान्दोलन काे विगुल फुक्याे र त्यही क्रममा धनुषा जिल्ला काे “जदुकाेहा” र धवाैली हाइस्कुलका विद्यार्थीहरुले एक जाेडदार जुलुस निकालेको थियाे र त्यहीँ क्रममा शान्तिपूर्ण अान्दोलन मा प्रहरी काे गाेली लागि कक्षा ९ का छात्र कामेश्वर_मंडल र कुशेश्वर यादवकाे मृत्यु हुन पुग्याे । २०२७ सालमा ने.वि.संघ काे विधिवत् स्थापना पछि सम्भवतः उहाहरु कलम र मसाल अंकित झण्डा बाेक्दै सहिद हुनेहरू पहिलो हुनुहुन्छ । उहाँहरु प्रति हार्दिक श्रद्धाञ्जली !!कार्यक्रम मा विशिष्ट अतिथि को रुपमा नेपाली कांग्रेस जनकपुर नगर सभापति मनोज साह, सचिब रबिन्द्र सिंह, ने.क.नेतृ सम्झना वर्मा,नेपाल विधुत प्राधिकरण संघ का अध्यक्ष राजेस्वर गोइत, नेविसंघ का नेता सन्जिव यादव,ममता महतो,संजय यादव,उदित मिश्रा,सरुन यादव, कपिल देव यादव,जगदीश चौधरी,तरुण दल धनुषा उपाध्यक्ष राकेश बिक्रम साह, सदस्य राहुल मिश्रा,नेविसंघ नेता आशुतोष नवीन झा,मनिष यादव, नागेन्द्र कर्ण,रवि साह,अमरेस यादव,अमन सिंह, अनिल चौधरी, मो सरताज लगायत का बिद्यार्थी नेता हरुको उपस्थिति रहेको थियो।


Century Times
