Century Times

संजीव कुमार सुरजको नेतृत्वमा धोती रैली सम्पन्न

संजीव कुमार सुरजको नेतृत्वमा धोती रैली सम्पन्न

काठमाण्डौ । नेकपा ओली समूहले राजधानीमा ‘धोती जुलुस’ निकालेको छ ।

युवा संघ नेपालको आफ्नो पक्षको बृहत भेला आयोजना गरेको ओली समूहले बानेश्वरदेखि कमलादीसम्म पैदल तथा मोटरसाइकल र्‍याली निकालिएको थियो ।

महेश बस्नेतले नेतृत्व गरेको र्‍यालीलाई ‘धोती जुलुसको नाम दिइएको थियो । जुलुसमा सहभागी केहीले धोती कुर्था लगाएर ‘धोती, कुर्ता, गम्छा मधेसीके शान बा, केपी ओली हमनी सबके जान बा’ लेखिएको ब्यानर बोकेका थिए ।

र्‍यालीमा सहभागीहरुले ‘अगाडि बढ केपी बा, ज्यान दिन तयार छौं’, ‘साइबर सेना आउँदैछ’ जस्ता नारा लगाएका थिए ।

Leave a reply

Your email address will not be published. Required fields are marked *

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »