Century Times

स्वास्थ्यकर्मीको चरित्रहत्या गर्ने व्यक्ति नियन्त्रणमा

स्वास्थ्यकर्मीको चरित्रहत्या गर्ने तथा सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताबिरूद्धको कसूर गर्ने व्यक्ति नियन्त्रणमा:-

बीरगञ्ज नगरक्षेत्रमा रहेका विभिन्न अस्पताल, कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि आफ्नो फेसबुक पेज तथा फेसबुक मेसेन्जर समेतबाट पटक-पटक आपत्तिजनक शब्दहरूको प्रयोग गरी अनर्गल आरोप लगाई व्यक्तिको चरित्रहत्या गर्ने, धम्क्याउने लगायतका कानूनविपरीत क्रियाकलाप गरेको भनी पीडित पक्षको जाहेरी दरखास्तको आधारमा वीरगञ्ज महानगरपालिका वडा नं.१० घडिअर्वा बस्ने आफूलाई सञ्चारकर्मी तथा समाजिक अभियन्ता भनी Y.O.B. नामको फेसबुक ग्रुपपेज समेत चलाउने बर्ष २४ का सौरभ साहलाई मिति २०७८।०२।१८ गते बी.म.न.पा.८ बाट नियन्त्रणमा लिई मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताबिरूद्धको कसूरमा उल्लेखित मितिमै दिन ५ म्याद थप गरी अनुसन्धान भइरहेको व्यहोरा सूचित गरिएको छ।

पक्राउ विवरण अभियुक्त:-सौरभ साह

उमेर:- २४ बर्ष

ठेगाना:- जि.वी.म.न.पा.वडा नं.१०

पक्राउ मिति:- २०७८।०२।१८ गते ।

मुद्दा:- सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताबिरूद्धको कसूर

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »