Century Times

बीरगञ्ज मा असार १५ गते बाट भौतिक रुपमा बिधालय हुने

बिरगंज महानगरपालिका ले असार १५ गते बाट भौतिक रुपमा बिधालय संचालन गर्न निर्णय गरेको छ । महानगर को शैक्षिक प्रशासन महाशाखाले शुक्रबार एक सूचना जारी गर्दै असार १५ गतेदेखि अभिभावकसँग लिखित सहमति गराई नियमित रूपमा सम्पूर्ण सामुदायिक तथा निजी विद्यालयहरुलाई कक्षा ८ देखि १२ सम्मको पठन पाठन सूचारु गर्न निर्देशन दिएको हो । विद्यालय सञ्चालन गर्दा अनिवार्य रुपमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न र कुनै पनि विषम परिस्थिति देखिए तुरन्त शैक्षिक प्रशासन महाशाखामा सूचित गर्ने महानगर ले आग्रह गरेको छ ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »