Century Times

कृष्णहरि पुष्कर सचिवमा बढुवा

कृष्णहरि पुष्कर सचिवमा बढुवा

काठमाडौँ । सरकारले कृष्णहरि पुष्करलाई सचिवमा बढुवा गरेको छ ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले बढुवा समितिले सिफारिस गरेका प्रशासन सेवाका तीन वरिष्ठ सहसचिवमध्ये पहिलो नम्बरमा सिफारिस पुष्करलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले प्रशासनलाई बताए ।

लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा बिहीबार(आज) बिहान सिंहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले सहसचिवत्रय कृष्णहरि पुष्कर, खगेन्द्रप्रसाद नेपाल र किरण राज शर्माको नाम सिफारिस गरेको थियो ।

केही दिनयता रिक्त सचिव पदमा नियमित जसो भइरहेका बढुवा सिफारिसमा पहिलो नम्बरकालाई बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णयलाई कर्मचारीतन्त्रले सकरात्मकरुपमा लिएका छन् ।

यसपछिको पहिलो बढुवा सिफारिसमा शिक्षाका खगेन्द्रप्रसाद नेपाल पहिलो नम्बरमा पर्नेछन् भने दोस्रो बैठकले गर्ने सिफारिसमा किरणराज शर्मा पहिलो नम्बरमा सिफारिस हुनेछन् ।

Leave a reply

Your email address will not be published.

Translate »