प्रदेश २ को राजधानी जनकपुर स्थित मधेश स्वास्थ बिज्ञान प्रतिसठान अन्तर्गत पर्ने कोभिड बिशेष अस्पतालको लागत खर्च सार्वजनिक गर्न निमित्त रास्ट्रय युवा संघका केन्द्रीय सदस्य युवा नेता मुन्जय राउत ले पटक पटक प्रदेश सरकार लाई आग्रह गरेका थिए।

मुख्यमन्त्री तथा मन्त्री परिसद को कार्यालय प्रदेश २ को अनुसार कोभिड अस्पतालमा दस करोर खर्च भएको जनाइको छ तर रास्ट्रय युवा संघका नेता कार्यकर्ताहरु उक्त असपताल को अनुगमनमा जादा एक करोर पनि खर्च न भएको आकलन गरिएको थियो।
जनता ले खुन पसिना एक गरि कमाएको पैसा बाट कर तिरेको रकम भ्रस्तचारिमा दुरुपयोग गरेको नेता राउत ले बताएका छन।
ज्ञापनपत्र बुझाउन जादा प्रहरि ले बल प्रयोग गरि नेता राउत लाई पेलेको थियो र मुख्यमन्त्री, समाजिक बिकास मन्त्री ले ज्ञापन पत्र पनि न बुझेको नेता राउत ले बताए।
कान मा तेल हालेर सुतेको मुख्यमन्त्री लालबाबू राउत र समाजिक बिकास मन्त्री नवल किशोर साह लाई कानुनी दायरामा मात्रै ल्याई अब प्रदेश २ को जनताको आवाज सुन्छन भन्ने सोच ले नेता राउत मुख्यमन्त्री तथा मन्त्री परिसद को कार्यालय प्रदेश २ बिरुद्ध सम्मानित सर्वोच्च अदालतमा रिट दर्ता गराउने भएका कुरा नेता राउत ले स्वयं जानकारी दिएका छन।
Century Times
