बारा
सशस्त्र प्रहरी बल दुई नम्बर प्रदेश स्थित बाहिनीबाट खटिएको स्क्वार्ड टिमले यही चार गते राति १. ४५ बजेको समयमा गांजा बरामद गरेको छ। नेपालबाट भारत तर्फ लैजादै गरेको उक्त गांजा सुवर्ण गाउँपालिका ६ स्थित सन्फुलवा खेटाकाे बाटो हुदै तस्करी गर्न लागेको अबस्थामा बाहिनीकाे टाेलीले तयारी अवस्थाकाे साे गांजा बरामद गरेको हो ।

सशस्त्र प्रहरी देख्नासाथ तस्करीमा संलग्न व्यक्तिहरू फरार भएको सशस्त्र प्रहरीको बारा स्थित गणले जानकारी दिएको छ। सशस्त्रका डिअाइजी गणेश ठाडा मगर अहिले लागूऔषध गांजा बिरूद्वकाे अभियानमा सक्रिय छन् ।
