युवा नेता शशी दास ले आज माघे संक्रान्ति ( पर्व) को दिन अनाथ आश्रम मा रहेका हाम्रा दिदी दाजु भाई बहिनी र साना ठूला का लागि एउटा सानो सहयोग गरेका छन् । कलैया मा रहेको अमृता अनाथ आश्रम मा उक्त सहयोग गरेका छन् । राष्ट्रिय युवा संघ का केंद्रीय सदस्य युवा नेता शशी दास ले भने अनुसार वोठ मा मुस्कान सम्पूर्ण लाई चाहिन्छ , अनाथालय मा रहेका सम्पूर्ण लाई आज पर्व को दिन केइ त्यस्तो मन् मा ठेस न लागोस् की हामी माता पिता विहिन छौ भनेर उक्त सहयोग गरेको छु भनेर सेञ्चुरी टाइम्स् लाई बताएका छन् ।

शशी दास को अनुसार मा एक समाज सेवी हु र मेरो समाज प्रति ध्यान हरदम अवल नै रहेको छ । आफू ले सके सम्म समाज मा रही यही समाज को सेवा गर्ने छु । सहयोग को क्रम मा वहा ले माघे संक्रान्ति का दिन खाने प्रसाद हरु साथ साथ चाउचाउ र अन्य सामान हरु दिएका छन्। आफू एउटा नेता भए पनि अरु नेता भन्दा आफ्नो सोच फरक रहेको छ र सामाजिक कार्य मा आफ्नो सहयोग हरदम राख्ने छु भनेर वहा ले बताउनु भएको छ।