Century Times

जनकपुरको राजर्षी जनक विश्‍वविद्यालयमा विद्यार्थीको आन्दोलित

जनकपुरको राजर्षी जनक विश्‍वविद्यालयमा विद्यार्थीको आन्दोलित

जनकपुरधाम । सहकर्मी पक्राउको विषयलाई लिएर जनकपुरधामस्थित राजर्षी जनक विश्वविद्यालयका विद्यार्थी आन्दोलित भएका छन् ।

उनीहरुले जिल्ला प्रहरी कार्यालय अगाडि नाराबाजी गर्दै आफ्ना साथीहरु रिहाइको माग गरेका छन् ।

परीक्षा स्थगितको विषयमा विश्वविद्यालयका प्रमुख र परीक्षा नियन्त्रकसँग बुधबार कुराकानी गर्न गएका विद्यार्थी उनीहरु नभेटिएपछि नाराबाजीमा उत्रिएका थिए । त्यसै क्रममा चार जना विद्यार्थी पक्राउ परेका थिए ।

‘पटक-पटक परीक्षा किन स्थगित भएको भनेर परीक्षा नियन्त्रक र विश्वविद्यालयका प्रमुखसँग बुझ्न खोज्दा कोही भेटिएन’ बीबीए प्रथम वर्षका विद्यार्थी आनन्दकुमार सहनीले भने, ‘त्‍यसपछि हामीले परीक्षा कहिले हुन्छ भनेर नाराबाजी गर्दा प्रहरी लगाएर चारजना विद्यार्थीलाई पक्राउ गर्न लगायो ।’

विश्‍वविद्यालयले सेमेष्टर प्रणाली अनुसार नै परीक्षा हुने भने पनि एक वर्षदेखि परीक्षा नभएकाले आफूहरुको भविष्यसँग खेलबाड गर्न खोजेको सहनीले बताए ।

नाराबाजी गरिरहेका विद्यार्थीलाई प्रहरीले पक्राउ गरेपछि अन्य विद्यार्थीले विश्वविद्यालयमा तोडोडसमेत गरेका थिए ।

Leave a reply

Your email address will not be published.

Translate »