Century Times

तारे होटलविहीन कर्णाली प्रदेश, बागमती र गण्डकीमा लगानीकर्ताको आकर्षण

तारे होटलविहीन कर्णाली प्रदेश, बागमती र गण्डकीमा लगानीकर्ताको आकर्षण

काठमाडौं । मुलुक संघीयतामा प्रवेश गरेसँगै लगानी र विकास समेत विकेन्द्रीकृत हुने अपेक्षा गरिएको थियो । तर, आतिथ्य सेवामा भने यस्तो अपेक्षा पूरा नभएको पाइएको छ । पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना बोके पनि कर्णाली र सुदूरपश्चिमले आतिथ्य सेवामा लगानी भित्र्याउन सकेका छैनन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागको तथ्यांक अनुसार कर्णाली प्रदेशमा एउटा पनि तारे होटल छैन । अर्थातः नेपाल सरकारको मापदण्ड अनुसार एक तारे भन्दा माथिको स्तरसँग मिल्ने गरी कर्णालीमा होटल खुलिसकेको छैन । कर्णालीमा अब कुनै लगानीकर्ताले तारे होटल बनाएमा सो भेगकै पहिलो तारे होटल बन्ने छ ।

विभागले उपलब्ध गराएको तथ्यांकमा आधारित रहेर नेपाल राष्ट्र बैंकले गरेको आर्थिक गतिविधि अध्ययन, वार्षिक प्रतिवदन अनुसार आतिथ्य सेवामा सबैभन्दा ठूलो लगानी बागमती प्रदेशमा रहेको छ । दोस्रो स्थानमा गण्डकी प्रदेश छ । खासगरी राजधानी काठमाडौं र चितवन तथा यस आसपासका क्षेत्रमा मात्र केन्द्रित रहेको लगानीलाई पोखराले केही हदसम्म आकर्षित गरिरहेको छ । त्यसबाहेकका क्षेत्रमा भने अझै पनि लगानीकर्ता आकर्षित हुन नसकेको तथ्यांकले देखाएको छ । आर्थिक वर्ष २०७७/७८ सम्म देशभर कुल १४० वटा तारे होटल खुलेका छन् । जसमा बागमती प्रदेशमा मात्र ९१ वटा तारे होटल खुलेका छन् । गण्डकी प्रदेशमा १८ वटा तारे होटल रहेका छन् ।

प्रतिस्पर्धामा आउँदैछ लुम्बिनी, धमाधम खुल्दै पाँचतारे

भैरहवामा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल तथा नेपालगञ्जमा फैलिएको क्यासिनो कल्चरका कारण पछिल्लो समय लुम्बिनी प्रदेशले समेत आफूलाई लगानीयोग्य प्रदेशका रुपमा स्थापित गराइरहेको छ ।

तथ्यांक अनुसार लुम्बिनीमा तारे होटलको संख्या १६ पुगिसकेको छ । यसमध्ये अधिकांश होटल पछिल्लो केही वर्षयता मात्र खुलेका हुन् । लुम्बिनीमा थप स्तरीय होटल निर्माणका क्रममा समेत रहेका छन् । यसले केही वर्ष भित्रै लुम्बिनी आतिथ्य सेवाको हब बन्ने देखिन्छ ।

तारे होटलमा भएको लगानीका दृष्टिकोणबाट मधेश प्रदेश चौथो स्थानमा छ । यहाँ कुल ७ वटा तारे होटल खुलेका छन् । यसमा औद्योगिक क्षेत्रका सिमरा र वीरगञ्जको ठूलो भूमिका छ ।

पाँचौ स्थानमा प्रदेश नम्बर १ रहेको छ । जहाँ तारे होटलको संख्या मात्र ५ वटा छन् । जसमध्ये झापामा अघिल्लो वर्ष खुलेको एक पाँचतारे होटल समेत समावेश छ ।

छैठौं स्थानमा सुदूरपश्चिम प्रदेश छ । जहाँ तीन वटा तारे होटल खुलेका छन् । पाँचतारे होटलमा पछिल्लो समय लुम्बिनीमा लगानी केन्द्रित भएको देखिन्छ । लुम्बिनीमा पाँचतारे होटलको संख्या तीन पुगेको छ । जुन गण्डकी प्रदेश भन्दा धेरै हो ।

कुन प्रदेशमा कति तारे होटल ?

प्रदेशएक तारेदुई तारेतीन तारेचार तारेपाँच तारेकुल
 –
मधेश
बागमती२४२७२४१०९१
गण्डकी१८
लुम्बिनी१६
कर्णाली – – – – – –
सुदूरपश्चिम – – –
कुल३४४१३३१६१६१४०

बागमतीका तारे होटलमा १० हजार पाहुना राख्न सक्ने क्षमता

होटल संख्यासँगै होटलका कोठा र बेडमा समेत बागमती प्रदेश सबैभन्दा समृद्ध छ ।

बागमतीले एकै दिन करिब १० हजार पाहुनालाई तारे स्तरका होटलमा सेवा दिन सक्छन् । यो तारे होटलको मात्र क्षमता हो । यसबाहेक पर्यटक स्तरीय होटलको संख्या समेत बागमतीमा धेरै छ । बागमतीमा तारे होटलमा कुल ५८५६ वटा कोठा रहेका छन् । जसमध्ये पाँचतारे होटलका कोठाको संख्या मात्र १९७४ वटा रहेको छ । बागमतीले एक दिनमा पाँचतारे होटलमा ३ हजार पाहुनालाई सेवा दिन सक्छ ।

गण्डकी प्रदेशमा तारे होटलमा कुल १०५२ वटा कोठा छन् । जसले एक रातमा १८२६ जनालाई राख्न सक्छ । लुम्बिनी प्रदेशमा कुल ८१५ वटा कोठा तारे होटलमा छन् । यी कोटामा १२८७ जनाले एकै पटक सेवा लिन सक्छन् ।

कुन प्रदेशमा तारे (एकदेखि पाँच)ले एक रातमा कति जनालाई सेवा दिन सक्छन् ?

प्रदेशकुल कोठाकुल बेड
२७४४६७
मधेश२५४४२१
बागमती५८५६९५६२
गण्डकी१०५२१८२६
लुम्बिनी८१५१२८७
कर्णाली – –
सुदूरपश्चिम१२८१३५
कुल८३७९१३६९८

यसकारण आकर्षित हुन सकेनन् कर्णालीमा लगानीकर्ता

होटल संघ नेपाल (हान)का कार्यसमिति सदस्य युवराज श्रेष्ठका अनुसार कर्णालीमा आतिथ्य सेवामा लगानी आकर्षित गर्न राज्यकै नीति बाधक छ । कर्णालीमा अहिले सबैभन्दा धेरै चलेको गन्तव्य रारा हो । राराको आसपास होटल तथा रिर्सोट बनाउन राष्ट्रिय निकुन्जकै जग्गा लिनु पर्छ । यसो गर्दा उत्पन्न हुने विवादका कारण लगानीकर्तामा त्रास रहेको उनको भनाइ छ । सो त्रासलाई पछिल्लो समय बतास काण्डले अझ मलजल गरेको उनी बताउँछन् ।

अर्कोतर्फ सरकारले कर्णालीमा गन्तव्य विकास र पर्यटकीय पूर्वाधारमा लगानी गर्न सकेको छैन । जसका कारण होटल बनाए पनि वर्षभर खाली नै राख्नुपर्ने बाध्यता हुन्छ । जसका कारण होटल व्यवसायीले लगानी विस्तारको आँट नगरेका हुन् ।

‘रारामा बाहेक कर्णालीले वर्षभर लैजाने पर्यटकको संख्याका आधारमा लगानीकर्ताले मूल्यांकन गर्ने हो,’ उनी भन्छन, ‘राज्यले पूर्वाधारमा लगानी गर्ने हो भने धेरै होटल व्यवसायी कर्णालीमा जान तयार छन् ।’ उनले होटल आकर्षित गर्न पूर्वाधार र बसाइ अवधि लम्ब्याउने उत्पादनहरुको खाँचो देख्छन् । पछिल्लो समय गण्डकी प्रदेशले नयाँ नयाँ उत्पादनकै माध्यमबाट बढी लगानी भित्र्याउन सकेको उनले बताए ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »