Century Times

महिला हिंसाको विराेधमा ललितपुरमा पुरुषहरुको र्‍याली

महिला हिंसाको विराेधमा ललितपुरमा पुरुषहरुको र्‍याली

काठमाडौं । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा मङ्गलबार ललितपुरमा सचेतनामूलक र्‍याली निकालिएको छ । र्‍यालीमा सहभागी युवाहरुले महिला तथा बालिकामाथि हुने हिंसाका विरुद्ध आवाज उठाउने प्रतिबद्धता जनाए ।

एक दर्जनभन्दा बढी संस्थाहरूको आयोजनामा भएको र्‍याली ललितपुरको मङ्गलबजारबाट सुरु भई गाबहाल, पुल्चोक हुँदै जावलाखेलमा आई कोणसभामा परिणत भएको थियो ।

कोणसभामा बोल्दै युवा अभियानकर्मीहरूले पुरुषहरूले आफ्नो परिवार, समुदाय तथा कार्यस्थलमा रहेका महिलाप्रतिको जिम्मेवारी महसुस नगरेसम्म लैङ्गिक समानता असम्भव रहेको बताए । पुरुषहरूका अतिरिक्त करिब सय महिलाहरूले समापन भेलामा ऐक्यबद्धता जनाएका थिए ।

कार्यक्रममा महिला तथा बालिका विरुद्धको हिंसा कम गर्नमा पुरुषको भूमिका विषयमा कविता वाचन पनि गरिएको थियो ।

कार्यक्रमको समन्वय गरेको संस्था युवालयका अध्यक्ष सन्तोष महर्जनले यो कार्यक्रमलाई आगामी वर्षमा पनि निरन्तरता दिइने बताए । युवालयले २०७० सालदेखि हरेक वर्ष महिला दिवसका दिन कार्यक्रम गर्दै आइरहेको छ ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »