Century Times

बाजागाजाको तालमा साटियो होलीको खुसी (फोटो फिचर)

बाजागाजाको तालमा साटियो होलीको खुसी (फोटो फिचर)

 काठमाडौं । बिहीबार फागुपूर्णिमा अर्थात् होली पर्व देशका पहाडी भेगमा धुमधामका साथ मनाइएको छ । काठमाडौं उपत्यकाभित्र होलीको लागि विशेष मानिने भक्तपुरमा पनि धुमधामका साथ यो पर्व मनाइएको छ । नगरका विभिन्न ठाउँमा शास्त्रीय बाजागाजासहित यो पर्व मनाइएको छ ।

बिहीबार भक्तपुरको भीमसेनस्थानमा पनि परम्परागत पोशाकमा सजिएका स्थानीयले धुमधामका साथ होली मनाएका छन् । धिमे बाजा र बाँसुरीको तालमा उनीहरुले होली मनाएका हुन् । परम्परागत हाकुपटासीमा सजिएर आएका उनीहरुले बाजाको तालमा भजन गाउँदै होली मनाएका हुन् ।

भक्तपुरको दत्तात्रेय अघि होलीको समयमा प्रकृति र पुरुषको समागमको प्रतीक स्वरुप लिंग र कागजको योनी बनाएर प्रदर्शन गर्ने चलन छ । लिंग ठड्याएपछि उपत्यकामा होली सुरु हुन्छ भन्ने मान्यता छ ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »