Century Times

चीन : एप्पललगायतका ठूला कम्पनीले लकडाउनमा रोके काम, दुई करोडभन्दा बढी क्वारेन्टिन –

चीन : एप्पललगायतका ठूला कम्पनीले लकडाउनमा रोके काम, दुई करोडभन्दा बढी क्वारेन्टिन –


कोरोनाको बढ्दो मामिलालाई मध्यनजर गर्दै चीनले व्यापक रुपमा लकडाउन लागू गरेको छ । यसका कारण थुप्रै बहुराष्ट्रिय कम्पनीले आफ्नो काम रोक्नुपरेको छ ।



लकडाउनका कारण करोडौँ जनताले प्रतिबन्धको सामना गर्नुपरिरहेको छ जसमा पूरा जिलिन प्रान्त र टेक्नोलोजी हब शेन्जेन समावेश छ ।



यसपटक लकडाउनलाई चीनको हालसम्मको सबैभन्दा ठूलो लकडाउन मध्ये एक मानिँदै छ ।



यसमा आर्थिक प्रभाव पनि देखिएको छ । टोयाटा, फक्सवेगन र एप्पलको आपूर्तिकर्ता कम्पनी फक्सकन ती कम्पनीमध्ये एक हो जुन लकडाउनद्वारा प्रभावित भएको छ ।



लकडाउनबाट आवश्यक सामानको आपूर्तिमा देखिने समस्याको विषयमा पनि चिन्ता जताइँदैछ ।


पाँच हजारभन्दा बढी संक्रमितः



चीनमा मंगलबार पाँच हजारभन्दा बढी संक्रमित भेटिएका थिए । यीमध्ये धेरैजसो संक्रमित जिलिन प्रान्तका हुन् ।

यो प्रान्तका दुई करोड ४० लाख मानिसलाई सोमबार क्वारेन्टिनमा राखिएको छ ।

कोरोना महामारीको सुरुवातमा उहान र हेबेईमा लगाइएको लकडाउनपछि पहिला पटक पूरै प्रान्तमा प्रतिबन्ध लगाइएको छ ।

जिलिनका जनतालाई बाहिर घुम्न प्रतिबन्ध लगाइएको छ । यदि कोही प्रान्तबाट बाहिर जान चाहन्छ भने उसले प्रहरीको अनुमति लिन आवश्यक छ ।

यसको एक दिन अघि एक करोड २५ लाखको जनसंख्या भएको दक्षिणी शहर शेनजेनमा लकडाउन लागू गरिएको थियो ।यो पनिः


Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »