Century Times

प्रदेश-१ मा कृषि र खाद्यसम्बन्धी अनुसन्धान केन्द्र स्थापन गरिने

प्रदेश-१ मा कृषि र खाद्यसम्बन्धी अनुसन्धान केन्द्र स्थापन गरिने

नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) का उपकुलपति डा. सुनिलबाबु श्रेष्ठले प्रदेश नं १ मा कृषि र खाद्य सम्बन्धी अनुसन्धान केन्द्र स्थापन गरिने बताएका छन् ।

इलाममा मङ्गलबार आयोजित विज्ञान प्रविधिमा साहित्य, कला, नाट्य, सङ्गीत गोष्ठीमा बोल्दै उहाँले सातै प्रदेशमा विज्ञान प्रविधिका क्षेत्रमा कुनै न कुनै किसिमको अनुसन्धान केन्द्र स्थापना गरिने बताएका हुन् ।

उनले मधेस प्रदेशमा चुरे संरक्षण र विज्ञानसम्बन्धी अनुसन्धान केन्द्र स्थापना गरिने उल्लेख गर्दै विज्ञान र साहित्यलाई सँगसँगैँ लैजानुपर्ने बताए । विश्वमा साहित्य र विज्ञानको संयोजन भइरहेको अवस्थामा विज्ञान बुझाउन साहित्यले काम गर्ने भएकाले यी दुबैलाई सँगसँगै लिएर जानुपर्ने उनको भनाइ छ ।

कार्यक्रममा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका प्राज्ञ बुलन्द थापाले विज्ञान प्रविधि, कला र समाज विषयक, महेन्द्ररत्न बहुमुखी क्याम्पस इलामकी उपप्राध्यापक सरिता निरौलाले विज्ञान तथा प्रविधिमा नाट्य अध्ययन विषयक, क्याम्पसकै शिक्षण सहायक मुकुन्द गुरगाइँले नेपाली गद्य साहित्यमा विज्ञान र कवि तथा सञ्चारकर्मी केदार शर्माले नेपाली कवितामा विज्ञान विषयक विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।

उनीहरुको कार्यपत्रमाथि प्राध्यापक केशबहादुर राई, रोमनाथ शर्मालगायतले टिप्पणी गरेका हुन् ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »