वीरगञ्ज । वीरगञ्जबाट प्रहरीले भन्सार छलीको समान बोकेको आशंकामा एउटा ट्रक नियन्त्रणमा लिएको छ । वीरगञ्ज–८ घण्टाघरबाट ना.६ ख ६०३ नम्बरको मालबाहक ट्रक नियन्त्रणमा लिएको हो ।
प्रज्ञापनपत्र बिना हार्डवेयर तथा विभिन्न किसिमका लत्ता कपडाहरु लोड गरेर काठमाडौंतर्फ जाँदै गरेको विशेष सूचनाका आधारमा खटिएको प्रहरीको टोलीले सामानसहितको ट्रक नियन्त्रणमा लिएको थियो । रोकेर चेक गर्दा प्रज्ञापनपत्र देखाउन नसकेपछि प्रहरीले ट्रक नियन्त्रणमा लिएको थियो ।
ट्रकसहित सामानको मुल्य १ करोड २० लाख मुल्यांकन गरिएको प्रहरीले जनाएको छ । सामानसहितको ट्रक आवश्यक कारबाहीक लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।