Century Times

फाइनल खेल दबावविना खेल्छौं : कप्तान लामिछाने

फाइनल खेल दबावविना खेल्छौं : कप्तान लामिछाने

काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले टी-२० त्रिदेशीय क्रिकेट सिरिजको फाइनल खेल दबावविना खेल्ने बताएका छन् ।

सोमबार पपुवा न्यूगिनी (पीएनजी) सँग हुने फाइनल खेलअघि आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले सिरिजका अरु खेलमा जस्तै खेल्ने बताएका छन् । ‘हामीले जस्तो खेल्थ्यौ । फाइनलमा पनि त्यसरी नै खेल्छौं, कुनै प्रेसर लिदैनौं, हामी हाम्रो योजना अनुसार खेल्नेछौं’ उनले भने ।

उनले सिरिजका क्रममा घाइते भएका कमल सिंह ऐरीको अभाव भने महसुस हुने बताए । नेपालका मुख्य प्रशिक्षक पुबुदु नशानायकेले नेपाली युवा खेलाडीको खेलबाट आफू प्रभावित भएको बताए । ‘युवा खेलाडीको खेल देखेर खुसी छु नेपालको अहिले बेस्ट टिम छ’ उनले भने ।

पीएनजीका कप्तान अस्वत भालाले फाइनल खेललाई लिएर केही दबाव महसुस भएको बताए । ‘हामी लामो समयदेखि टी-२० फर्म्याट खेलेका थिएनौं । त्यही भएर गाह्रो भएको छ’ उनले भने ।

पीएनजीका प्रशिक्षकले नेपालसँगको एकदिवसीय खेल जिते पनि टी-२० मा पराजित भएको बताए । यद्यपि यो सिरिजले आफूहरुलाई फाइदा पुगेको उनले बताए ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »