Century Times

कालिकमाई मा उपाध्यक्ष पदको लागि साहको चर्चा

पर्सा , वीरगञ

स्थानिय निर्वाचन २०७४ पछि भ्रष्टाचारको खबरले सधै चर्चामा रहेको मधेश प्रदेशको पर्सा जिल्लाको कालिकामाई गाउपालिकाको बागडोर सम्हाल्ने आकाङ्क्षीहरुको बजारमा चर्चा चलीरहेको छ। पुराना जनप्रतिनिधिहरु आफ्नो स्वार्थ पुरा गर्ने बाहेक गाउपालिकाको हितमा काम नगरेको आमजनताको भनाइ छ। त्यसैले अब हुने निर्वाचन मा गाउपालिकाको सबै नेतृत्व नै परिवर्तन हुने सम्भावना रहेको पालिकाबासिहरु बताउनछ।

गत निर्वाचनमा वार्ड सदस्य बाहेक अरु ठुलो पदमा महिलाहरु को संख्या शुन्य देखिन्छ। अबको निर्वाचनमा महिलाहरु पनि उच्च पदमा आउनु पर्छ भन्ने चर्चा पालिका भित्रका महिला अधिकारकर्मीहरु भनाइ छ। प्रमुख पदको लागि कुनै पार्टीबाट पनि महिला उम्मेदवारको नाम चर्चामा नरहे पनि कालिकामाई गाउपालिकामा उपाध्यक्ष पदको लागि अहिले नेपाली काँग्रेसबाट कुन्ती देवी साहको नाम भन्ने निकै चर्चामा छ। यसअघिको स्थानीय तहको निर्वाचनमा उपाध्यक्षमा उम्मेदवारी दिएका उम्मेदवारहरुको निर्वाचन सकेपछि त्यति सक्रियता देखिँदैन ।

पराजित भएर पनि निरन्तर जनताकै काम र जनतासँगै रहेर काम गरीरहेकी नेकाकी नेतृ साह्बहेक अरु कसैको सक्रियता देखिएको छैन । समाजप्रतिको लगाव,लगानी र सेवा हेरेर गत निर्वाचनमा नेपाली काँग्रेसले उनलाई टिकट दिएको थियो। कुन्ती देवी साह नेका कालिकामाईका सभापति छठु साहकि पत्नी हुन्। छठु साह र कुन्ती देवी समान्य परिवारबाट आउने पालिकाको समाजसेवी व्यक्तित्वको रुपमा पनि चिनिन्छन। आम जनताको समस्या बुझ्ने र त्यसको समाधान र निउनिकरण गर्न सक्ने क्षमता र आमजनता बीच रही काम गर्ने छवी साहको छ।

गत निर्वाचनमा छोटो समयको तयारीले पनि तेस्रो स्थानमा रहेकी साह नै यस पटक उपप्रमुखका लागि बलियो उम्मेदवार मानिन्छीन् । नेकाबाट अहिले उनले नै टिकट पाउने निश्चित जस्तै छ । उनको र उनको श्रीमान्को निरन्तर राजनीति सक्रियताका कारण पनि उनी नै निर्वाचित हुन सक्ने प्रवल सम्भावना हुने सहजै अनुमान लगाउन सकिन्छ । त्यस्तै जसपाबाट सहानी खातुनको नाम चर्चामा छ । कुन्तीदेवी र खातुनबाहेक उपाध्यक्षमा अन्य महिलाहरूको नाम चर्चामा आइसकेको छैन ।अन्य दलले उपाध्यक्षका उम्मेदवार कोलाई बनाउने कुरामा अन्योलमा देखिन्छन ।

Leave a reply

Your email address will not be published.

Translate »