कलैया, बारा
लोकतान्त्रीक समाजवादी पार्टी नेपाल (लोसपा) को मधेस प्रदेश सदस्यमा युवा नेता सफुल्लाह अंसारी चयन भएका छन् ।
बारा जिल्ला घर भएका अंसारी एक बहु चर्चित युवा नेता हुन्। समाज सेवा मा आफ्नो चासो राख्ने सर्फूलाह को चर्चा गाउँ समाज प्रदेश देखि लिएर राष्ट्र स्तर सम्म पुगेको छ। बारा जिल्लाको कलैया उपमहानगरपालिका वडा नं.१५ बकुलहर निवासी अंसारी २०७२ सालदेखी तत्कालिन राजपा हुँदै लोसपाका लागी कार्य गरिआएका छन् ।

२०७० सालमा सुचनाको हकका अभियानमा संलग्न हुँदैआएका अंसारी बारा जिल्लामा ख्यातिप्राप्त युवा नेता हुन् ।मधेस आन्दोलनमा सक्रिय सहेका उनलाई पार्टीले प्रदेश सदस्यको जिम्मेवारी दिएको छ।
शिक्षा ले परिपक्क रहेका अन्सारी परिवर्तन को बाटो मा हरदम सक्रिय रूप ले लागि रहेका छन। समाज विकास र देश को राजनीति मा सुधी कारण ल्याउने अटोट बोकेर हिडी रहेका अंसारी लाई जनता ले एकदमै रुचाएका छन्। लोसपा प्रदेश समितिले अंसारीको कार्य कुशलताको कदर गर्दै उनलाई पार्टीको प्रदेश समितिमा चयन गरेको हो ।

आगामी दिन मा वाहा को कदर गर्दै पार्टी को थप जिम्मेवारी दिने र बहुचर्चित युवा नेता लाई देश विकास को लागि अगाडि बढाउने सम्पूर्ण को सहमति हरेको खबर हामीले प्राप्त गरेका छौ।लोसपा मधेस प्रदेश अध्यक्ष जितेन्द्र सोनलले सोमवार अंसारी लगायत ९३ जनालाई प्रदेस सदस्यमा मनोनित गरेका हुन् ।
Century Times
