Century Times

चुनावी तालमेलबारे प्रदेश सभापतिहरुकै दुईथरी मत

चुनावी तालमेलबारे प्रदेश सभापतिहरुकै दुईथरी मत

काठमाडौं । चुनावी तालमेलबारे नेपाली कांग्रेसका प्रदेश सभापतिहरु नै विभाजित भएका छन् । पार्टी केन्द्रीय कार्यालय, सानेपामा शुक्रबारदेखि सुरु भएको केन्द्रीय कार्यसमितिको बैठकको सुरुमा प्रदेश सभापतिहरुले रिपोर्टिङ गरेका थिए ।

प्रदेश १ सका सभापति उद्धव थापा, मधेस प्रदेशका सभापति कृष्ण यादव र बाग्मतीका इन्द्र बानियाँ चुनावी तालेमलको पक्षमा उभिएका छन् । थापा, नेता कृष्ण सिटौला तथा यादव बानियाँ सभापति देउवा निकट हुन् ।

तर गण्डकी प्रदेशका सभापति शुक्राज शर्मा, लुम्बिनीका अम्मरसिंह पुन चुनावी तालेमलको विपक्षमा देखिएका छन् । तालमेल गर्नुपर्ने भए तल्लो समितिले नै आवश्यक निर्णय गर्न सक्ने जरी जानुपर्ने आफूले बताएको पुनले जानकारी दिए ।

कर्णालीका सभापति ललितजंग शाहीले विगतमा जितेको आधारमा तालमेल गर्दा माओवादी केन्द्रलाई धेरै स्थान छाड्नुपर्ने भन्दै विचार गर्न नेतृत्वलाई आग्रह गरेका छन् । सुदूरपश्चिम प्रदेशका सभापति वीरबहादुर बलायर भने बैठकमा अनुपस्थित थिए ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »