Century Times

६ करोड २१ लाखमा बुद्ध पार्क निमार्ण –

६ करोड २१ लाखमा बुद्ध पार्क निमार्ण –

चैत २४ गते । चौतारा साँगचोकगढी नगरपालिका–६ टयाँकी डाँडामा ६ करोड २१ लाख ५३ हजारमा ६७ फिट अग्लो बुद्ध पार्क निमार्ण भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले उक्त बुद्ध पार्कको उद्घाटन गर्नु भएको छ ।

उक्त बुद्धपार्कबाट जुगल हिमाल,  काभ्रेकाे पाल्चोक मन्दिर, शिवपुरी क्षेत्र, धुलिखेल, नगरकोट देख्न सकिन्छ । आन्तरिक र बाह्रय पर्यटकलाई भित्र्याउन उक्त बुद्ध पार्क निमार्ण गरिएको सो नगरका मेयर अमानसिंह तामाङले जानकारी दिनुभयो ।

समुद्री सतहबाट २ हजार १५० मिटर उचाईमा रहेको पर्यटकीय हिमाली गाउँ ओख्रनीमा रहेको चियाबगानसम्म पर्यटक लैजान उक्त बुद्ध पार्कले महत्त्व खेल्ने जनाइएको छ । चौतारा बजार छेउबाट निमार्ण भएको हजार सिढी चढेर बुद्धपार्क पुग्न सकिन्छ ।

Leave a reply

Your email address will not be published. Required fields are marked *

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »