Century Times

प्रादेशिक अस्पताल जोगाउन भन्दै जनकपुरधाममा प्रदर्शन

प्रादेशिक अस्पताल जोगाउन भन्दै जनकपुरधाममा प्रदर्शन

 जनकपुरधाम । मधेश प्रदेशमा गौरवशाली इतिहास बोकेको प्रादेशिक अस्पताल जनकपुरधामको अस्तित्व नै नामेट पार्ने प्रयास भइरहेको भन्दै प्रदर्शन भएको छ ।

अस्पतालका कर्मचारी तथा स्वास्थ्यकर्मीले मधेस प्रदेश सभा भवनअघि प्रदर्शन गर्दै सभामुख सरोजकुमार यादवलाई ज्ञापन बुझाएका छन् ।

अस्पताललाई मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाभ्ने तयारी छ । तर कर्मचारीले त्यसको विरोध गर्दै ज्ञापन पत्र बुझाएका हुन् ।

प्रदर्शनको अगुवाइ गरेको सरकारी चिकित्सक संघ मधेस प्रदेश शाखाले प्रादेशिक अस्पताल जनकपुरधाम र मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान छुट्टाछुट्टै स्वतन्त्र संस्था काम गर्नुपर्ने र प्रतिष्ठानको अस्पताल नबनुन्जेलसम्मको लागि प्रादेशिक अस्पताललाई प्रयोगात्मक कक्षा र पठनपाठनको लागि प्रयोग गर्न सुझाव दिएको छ ।

ज्ञापनमा प्रादेशिक अस्पतालको मातहतमा रहेको जनकपुर नर्सिङ्ग क्याम्पसलाई चरणबद्ध रुपमा जनकपुर बाहिर सार्ने प्रयास भइरहेको भन्दै त्यसलाई रोक्न माग गरिएको छ ।

संघ, प्रदेश र स्थानीय तहमा समायोजन भएका चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि दुर्गमकै मापदण्डको कारणले उच्च शिक्षा तथा स्तरबृद्धिको लागि बाधा नपर्ने संघीय स्वास्थ्य सेवा ऐनको व्यवस्था बमोजिम प्रदेश निजामति सेवा ऐनमासमेत व्यवस्था गरी वृत्ति विकास सुनिश्चित गर्नुपर्ने माग उनीहरुको छ ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »