Century Times

एलएसीबाट पछाडी हट्न मानेन भारत, चीनको प्रस्ताव अस्वीकार

एलएसीबाट पछाडी हट्न मानेन भारत, चीनको प्रस्ताव अस्वीकार

 चीन र भारतबीचको विवादित सीमा क्षेत्र वास्तविक नियन्त्रण रेखा एलएसीबाट पछाडि हट्न भारत असमर्थ भएको छ।

चीनका विदेशमन्त्री वाङ यीले गत महिना भारत भम्रणका बेला पूर्वी लद्दाखमा रहेका विवादित क्षेत्र एलएसीबाट पछाडी हट्न भारतलाई प्रस्ताव राखेका थिए।

तर भारतले त्यो प्रस्ताव अस्वीकार गरिदिएको हो। भारत र चीनबीच पूर्वी लद्दाख वरपरको क्षेत्रको विषयलाई लिएर डेढ वर्षभन्दा बढी समययता विवाद जारी छ।

विवाद समाधान गर्न दुवै देशका सैन्य कमाण्डरहरु धेरैपटक छलफलमा बसेता पनि अहिलेसम्म त्यसको समाधान हुन सकेको छैन।

भारतीय पत्रिका इन्डियन एक्सप्रेसका अनुसार चीनले पेट्रोलिङ पोइन्टिङ पीपी १५ मा रहेका भारतीय सेनालाई त्यहाँबाट पछाडि हट्न अनुरोध गरेको थियो।

सो क्षेत्रमा चिनियाँ र भारतीय सेनाहरु अझै आमने सामने भएर बसेका छन्। तर चिनियाँ सेना पनि पछाडि सर्नुपर्ने भन्दै भारतले सो प्रस्ताव अस्वीकार गरिदिएको हो।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »