Century Times

महिलाको बिहेमा ५१ हजार दिने लोसपाको घोषणा, बच्चाको हेरचाहका लागि थप नगद

महिलाको बिहेमा ५१ हजार दिने लोसपाको घोषणा, बच्चाको हेरचाहका लागि थप नगद

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले मधेसी महिलाको बिहेमा ५१ हजार रुपैयाँ अनुदान दिने घोषणा गरेको छ । स्नातकसम्म अध्ययन गरेकी र कमजोर आर्थिक अवस्था भएकी महिलालाई विवाहको बेलामा ५१ हजार रुपैयाँ प्रदान गर्ने लोसपाले आफ्नो घोषणापत्रमार्फत जनाएको हो ।

यसले बालविवाह वा कम उमेरमा गरिने विवाहलाई निरुत्साहित गर्ने लोसपाको विश्वास छ । साथै महिलालाई उच्च शिक्षाका लागि प्रत्साहन दिने घोषणा पनि लोसपाले गरेको छ । यस्तै लोसपाले प्रसूतिको बेलामा हरेक महिलालाई आफ्नो र बच्चाको सही हेरचाहका लागि थप ५ हजार एक सय रुपैयाँ प्रदान गर्ने घोषणा पनि गरेको छ।  

यसैगरी लोसपाले महिलाहरुलाई सार्वजनिक यातायात निःशुल्क गर्ने, रोजगारमा प्राथमिकता दिने , निःशुल्क उच्च शिक्षाको प्रबन्ध गर्नेलगायतका घोषणा पनि गरेको छ । महिलाहरुको स्वास्थ्य र जीवन बिना निःशुल्क गर्ने, छात्राहरुका लागि खेलकूद विकासका लागि विशेष खेलमैदान र प्रशिक्षणको व्यवस्था गर्नेलगायतका आकर्षक कार्यक्रम पनि लोसपाले घोषणापत्रमा समेटेको छ ।​

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »