Century Times

बेलायती सांसदले संसदभित्र अश्लील सामग्री हेरेको आरोप

बेलायती सांसदले संसदभित्र अश्लील सामग्री हेरेको आरोप

बेलायती संसद्का एक सदस्यमाथि बेलायतको हाउस अफ कमन्समा बसेर अश्लील सामाग्री हेरेको आरोप लागेको छ । एक बैठकमा ती सांसदमाथि उक्त आरोप लगाइएको हो । सांसदको नाम सार्वजनिक गरिएको छैन् । 

ती सांसदको पछाडि बस्ने एक महिला मन्त्रीले सांसदले  अश्लील सामाग्री हेरेको आरोप लगाएकी छिन् । गत साता एउटा समितिको बैठकमा सो घटना भए दी टाइम्सले जनाएको छ । 

ती सांसदले अर्को फरक समयमा पनि अश्लिल सामाग्री हेरेको आफूले पाएको तर तस्बिर खिच्न नसकेको अर्की सांसदले गुनासो गरेकी छिन् । सो घटनाबाट बैठकमा उपस्थित धेरै सांसदहरू स्तब्ध भएको र व्यावसायिक ठाउँमा यस्तो हुन सक्छ भनेर विश्वास गर्न नसकेको कन्जरभेटिभ सांसद पाउलिन लाथमले बताइन् ।
 

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »