जीतपुरसिमरा वडा नं.१ मा १२ बर्षिय वालिका माथि सामुहिक बलात्कार गरेको आरोपमा नेकपा एमालेका एक नेता सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । नेकपा एमाले पार्टीको वडा नं.१ को दश धुरे टोल कमिटी अध्यक्ष समेत रहेका ५० बर्षिय मान बहादुर लामा सहित अर्का ५० बर्षिय पुरुष र २ जना १६ बर्षका नाबालकलाई प्रहरीले हिजो शुक्रवार ५ बजेको समयमा नियन्त्रणमा लिएको हो ।

मान बहादुरले ललाई फकाई ति वालिकालाई आफ्नै घरमा बोलाएर करणी गर्ने क्रममा स्थानियले देखेपछि यो घटना बाहिर आएको हो । घटना स्थलमा पुगेका एक स्थानियका अनुसार गाँउको एक बालकले करणी भएको देखेपछि गुहार मागेको सुनिए पछि आफुहरु घटना स्थलमा पुगेको बताए ।
कार्यक्रममा सहभागी भएर फर्केका लामा सहित चारै जनालाई स्थानियले करिब ४:३० बजेको समयमा रंगेहात समातेका थिए । घटनास्थलमा स्थानियले लामा माथि कुटपिट समेत गरेका थिए । लामा मन्दिर ब्यवस्थापन समितिको पुर्व अध्यक्ष समेत हुन् ।
ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरिक्षक राज किशोर साहले चारैजनालाई प्रहरीले नियन्त्रणमा लिएको र हिरासतमा राखेर अनुसन्धान गर्ने काम भैंरहेको बताएका छन् । लामा नेकपा एमाले पार्टीको कुनैपनी जिम्मेवारीमा नरहेको र उनी पार्टी सर्मथक मात्र रहेको एमालेका वडा नं.१का वडाध्यक्षका उमेदवार हिरा बस्नेतले बताएका छन् ।
थप विवरण आउन बाँकी नै छ अहिले यो खबर हामीले चर्चा विशेष मा रहेको ले प्रकाशित गरेका छौ।
Century Times
