Century Times

धनुषाको नगराइन नगरपालिकाको मतगणना स्थगित

धनुषाको नगराइन नगरपालिकाको मतगणना स्थगित

धनुषाको नगराइन नगरपालिकाको मतगणना स्थगित भएको छ ।  सो नगरपालिका वडा नम्बर २ को राष्ट्रिय प्रावि जटही (क) र (ख) मतदान केन्द्रको मतगणना कार्य भइरहेको अवस्थामा केही मतपत्रमा मतदान अधिकृतको दस्तखत  नभएपछि  लोसपा नेपालका प्रमुख पदको उम्मेदवार राजेश चौधरीसमेत ११ जनाले मतगणना स्थलमा निवेदन दिएका थिए । 

यस्तै उप स्वास्थ्य चौकी रामबाग (ख) को मतपेटिका मतदाताको संख्या भन्दा बढी मतपत्र रहेको देखिएको पनि निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सोही विषयमा देखिएको समस्या समाधान गर्नका लागि हाललाई मतगणना कार्य अर्को सूचना प्रकाशन नभएसम्म स्थगित गरिएको हो।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »