बाराकाे कलैया उपमहानगरपालिका को वडा नं ६ काे वडाध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) नेपालका राम विश्वाश शर्मा विजयी भएका छन् । वडा नं. ६ काे अन्तिम मतपरिणाम अनुसार ७३० मत प्राप्त गरी विजयी भएकाे निर्वाचन अधिकृतकाे कार्यालय कालिकामाईले जनाएकाे छ ।

उनकाे निकतम् प्रतिद्वन्दी नेकपा एमाले का गम्भिरा प्रसाद ४४९ मत प्राप्त गरेका छन् । २८१ मतान्तरले विजयी भएका हुन् । वडाध्यक्षका अर्का उम्मेदवार माओवादी केंद्र का अब्दुललैश मियाँ अंसारी ३११ मत र नेपाली कांग्रेस का शिवमंगल साह कानु ३५९ मत ल्याएका छन् ।
वडा सदस्य मा जस्पा बाट महिला वडा सदस्य ले ६६८ मत ल्याएका छन् भने दलित महिला वडा सदस्य ले ६६३ मत ल्याएकी छिन् , जसपा वडा नं ६ बाट वडा सदस्य एक चीन ले५९९ र डबल चिनो ले ५२६ मत ल्याएका छन्।