नेपाली तरुण दलका अध्यक्ष विद्वान गुरुङ गृह वडामा नेपाली काँग्रेस विजयी भएको छ । पर्वतको कुस्मा नगरपालिका–४ मा काँग्रेसका उम्मेदवार दिनेश श्रेष्ठले विजयी भएका हुन् । उनले ६ सय ५४ मतसहित निर्वाचित भए ।
उनले प्रतिद्वन्द्वी एमालेका खेम वहादुर घर्ती क्षेत्रीलाई श्रेष्ठले दोब्बर मतको साथ जित हात पारेका थिए । एमालेका क्षेत्रीले २७८ मत मात्र पाएका थिए । जितपछि तरुण दल अध्यक्ष गुरुङले बधाई दिँदै सफल कार्यकालको शुभकामना दिए ।