Century Times

धनुषाको मुखीयापट्टी मुसहरनियामा जसपा विजयी

धनुषाको मुखीयापट्टी मुसहरनियामा जसपा विजयी

धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकामा जनता समाजवादी पार्टी जसपा विजयी भएको छ । जसपाका उम्मेदवार जयकुमार यादव अध्यक्षमा  निर्वाचित भएका हुन् ।

यादवले ५ हजार ४१० मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रामवावु यादवले २ हजार ४५५ मत ल्याए । यस्तै उपाध्यक्षमा जसपा नेपालकै सैदा खातुन निर्वाचित भएकी छन् । उनले ४ हजार ४१४ मत ल्याएर निर्वाचित भइन् भने उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी अनिता कुमारीले ३ हजार १५२ मत ल्याइन् ।

Leave a reply

Your email address will not be published. Required fields are marked *

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »