Century Times

श्रीलंकाको प्रधानमन्त्रीमा रनिल विक्रमासिंघे नियुक्त

श्रीलंकाको प्रधानमन्त्रीमा रनिल विक्रमासिंघे नियुक्त

काठमाडौं । श्रीलंकाको प्रधानमन्त्रीमा रनिल विक्रमासिंघे नियुक्त भएका छन् । उनलाई बिहीबार राष्ट्रपति गोटावाया राजापाक्षेले प्रधानमन्त्री नियुक्त गरेका हुन् ।

श्रीलंङ्कामा देखिएको आर्थिक समस्याका कारण प्रधानमन्त्री महिन्दा राजापाक्षेले राजीनामा दिएपछि विक्रमासिंघे प्रधानमन्त्री नियुक्त भएका हुन् । अब उनले एक हप्ताभित्र नयाँ सरकार गठन गर्नुपर्नेछ ।  ७३ वर्षका विक्रमासिंघेले मुलुकमा देखिएको आर्थिक समस्या समाधान गर्ने र राजनीतिक अस्थिरता अन्त्य गर्ने जिम्मेवारी पाएका छन् ।

सन् १९९३ देखि विक्रमासिंघे पाँच पटक प्रधानमन्त्री भइसकेका छन् । पेशाले कानुन व्यवसायी रहेका विक्रमासिंघे ७० को दशकदेखि राजनीति सुरु गरेका थिए । उनी पहिलो पटक सन् १९७७ मा श्रीलंकाको संसदमा निर्वाचित भएका थिए ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »