Century Times

धनुषामा नवनिर्वाचित जनप्रतिनिधिले लिए शपथ

धनुषामा नवनिर्वाचित जनप्रतिनिधिले लिए शपथ

धनुषाका नवनिर्वाचित पालिका प्रमुखले पद तथा गोपनीयताको शपथ लिएका छन् । धनुषाको १८ वटै स्थानीय तहको अन्तिम मतपरिणाम आइसकेपछि मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले नवनिर्वाचित मेयर तथा अध्यक्षलाई पद तथा गोपनीयताको सपथ खुवाएका हुन् । 

मंगलबार जनकपुरधाम उपमहानगरपालिकाको सभाहलमा आयोजित पद तथा गोपनीयताको सपथ ग्रहण कार्यक्रममा मुख्य निर्वाचन अधिकृत प्याकुरेलले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०९ ले गरेको व्यवस्था अनुसार निर्वाचित भएका १८ वटै पालिकाका प्रमुखलाई सपथ ग्रहण गराएका हुन् ।

धनुषामा एक उपमहानगर, ११ वटा नगरपालिका र ६ वटा गाउँपालिकाका प्रमुखहरुले एकैसाथ सपथ ग्रहण गरेका छन् । पालिकाका प्रमुखहरुले सपथ ग्रहण गरिसकेपछि उनीहरुले पालिकामा निर्वाचित अन्य जनप्रतिनिधिलाई सपथ खुवाउने छन् ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »