बाराको सदरमुकाम कलैया उपमहानगरपालिका वडा नम्बर १ लाई स्मार्ट वडा बनाउने मेरो एउटै सपना रहेको कलैया वडा नम्बर १ का नव निर्वाचित अध्यक्ष मोहन बहादुर छेत्रीले बताएका छन ।
एमाले बाट निर्वाचित भएपछी छेत्रीले आज वडा कार्यालयमा पदभार ग्रहण गर्दै यस्तो बताएका हुन । छेत्रीले जिल्लाको सदरमुकामको वडा भएपनी यसको समुचित बिकास नभएको प्रती दुख व्यक्त गर्दै कलैया बजारलाई नमुना र हराभरा बनाउने बताएका छन । वडाका सबै नागरिकलाई धन्यबाद ब्यक्त गर्दै छेत्रीले वडाबाट एम्बुलेन्स खरिद गरि सस्तो दरमा सेवा दिने निर्णय गरेका छन । यस्तै वडामा शैक्षिक सुधारका लागि शिक्षकहरुलाई घच घचाउने र नभए कडा निर्देशन दिने र पालना गराउने बताएका छन ।

कलैयाको ठूलो समस्या रहेको बजार ब्यवस्थापन र फोहोर को ब्यवस्थापन गर्न कडा नीति अवलम्बन गर्ने बताएका छन ।केवल जन भावना अनुसारको योजना मात्र ल्याएर लागू गर्ने र आसेपासे लाई बाईकाट गरिने बताएका छन । वडा अध्यक्ष छेत्री लगायत वडा सदस्यहरु जमुना ठाकुर लोहार,शशी दास,जोखनी देबि र मन्जु देबि चमारलाई वडा सचिव अमन कुमार ढुङ्गानाले अबिर फुल् माला र दोसल्ला ओढाएर सम्मान गर्दै पदभार ग्रहण गराएका हुन ,उक्त

Century Times
