Century Times

एमाले अध्यक्ष ओलीप्रति मन्त्री बडूको आलोचना, संसदको रेकर्डबाट हटाएपछि प्रतिनिधिसभाको बैठक सुचारु

एमाले अध्यक्ष ओलीप्रति मन्त्री बडूको आलोचना, संसदको रेकर्डबाट हटाएपछि प्रतिनिधिसभाको बैठक सुचारु

नेकपा एमालेका सांसदहरुले आफ्ना पार्टी अध्यक्षप्रति संसदीय मर्यादाविपरीत शब्द प्रयोग गरेको भन्दै अवरुद्ध गरेको प्रतिनिधिसभाको बैठक सुचारु भएको छ । शुक्रबार बिहान ११ बजे सुरु भएको प्रतिनिधिसभाको बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूले प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेका थिए ।

बिहीबार ओलीले ३ घण्टा लगाएर दिएको मन्तव्यमा सरकारको ठूलो आलोचना गरेका थिए । त्यसको जवाफ दिँदै मन्त्री बडुले ओलीको आलोचना गरेपछि एमाले सांसदहरुले उनको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गर्दै संसदमा अवरोध गरेका थिए । १५ मिनेटका लागि भनेर रोकिएको संसद बैठक २ घण्टापछि सुरु भएको छ । त्यसबीचमा विभिन्न दलका प्रमुख सचेतक तथा सचेतकसँग सभामुख अग्नि सापकोटाले छलफल गरेका उनका प्रेस विज्ञ श्रीधर न्यौपानेले रातोपाटीलाई जानकारी दिए ।

 सभामुख सापकोटाले मन्त्रीले दिएको असंसदीय शब्द हटाउन रुलिङ गरेपछि बैठक सुरु भएको हो । अघिल्लो बैठकमा अध्यक्ष ओलीले नेपाल आयल निगम खारेज गरेर सरकारले कमिसन खाइसकेको भनी दिएका अभिव्यक्तिलाई मन्त्री बडुले स्तरहीन अभिव्यक्ति दिएको भन्दै आलोचना गरेका थिए । उनको सो आलोचनापछि स्तरहीन शब्द संसदको रेकर्डबाट हटाउन माग गर्दै एमाले सांसदले अवरोध गरेका थिए ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »