Century Times

तारा एयरमा ज्यान गुमाएका भारतीय जोडी सम्बन्धविच्छेद अघि, दुई बच्चासहित नेपालमा छुट्टी मनाउन आएका थिए

तारा एयरमा ज्यान गुमाएका भारतीय जोडी सम्बन्धविच्छेद अघि, दुई बच्चासहित नेपालमा छुट्टी मनाउन आएका थिए

तारा एयरलाइन्सको विमानको भग्नावशेष  सोमबार बिहान फेला परेको छ । मुस्ताङको थसाङ गाउँपालिका–२ मा आइतबार सम्पर्कविहिन भएको विमान भेटिएको हो । विमानमा चालक दलका सदस्यसहित २२ जना सवार थिए । १४ जनाको शव फेला परेको छ । बाँकीको यकिन भइरहेको छ । विमानमा भारतको महाराष्ट्रको ठाणेबाट एकै परिवारका चार जना पनि सवार थिए ।

नेपालस्थित भारतीय दूतावासले ठाणेका अशोक त्रिपाठी (५४), उनकी श्रीमती वैभवी बाँडेकर–त्रिपाठी (५१), छोरा धनुष त्रिपाठी (२२) र छोरी ऋतिक त्रिपाठी (१८) पनि यात्रा गरेको जनाएको छ ।

अशोक त्रिपाठी श्रीमती वैभवीसँग अलग्गै बस्दै आएका थिए । दुबैको सम्बन्धविच्छेद हुन लागेको थियो र मुद्दा अदालतमा थियो । अदालतले फैसला नआएसम्म परिवारलाई प्रत्येक वर्ष १० दिन सँगै बिताउन भनेको थियो । यसै क्रममा चारैजना नेपाल आएका थिए । दुबै छोराछोरी वैभवीसँग बस्थे, अशोक एक्लै बस्थे ।

प्राप्त जानकारी अनुसार अशोकसँगै उनका काका पनि जान लागेका थिए । तर अन्तिम समयमा उनले योजना परिवर्तन गरे ।

वैभवीकी आमा घरमा एक्लै

विमान दुर्घटनाको जानकारी पाएपछि वैभवीका छिमेकीले भने,‘यो निकै दुर्भाग्यपूर्ण हो र हामी सबै स्तब्ध भएका छौँ । वैभवीको घरमा वृद्ध आमा मात्रै छिन् । रुँदा रुँदा उनीको हालत खराब छ । वैभवीकी आमाको केही दिनअघि शल्यक्रिया भएको थियो र उनी घरमा एक्लै छिन् ।’

वैभवी मुम्बईको बान्द्रा(कुर्ला कम्प्लेक्सस्थित एक निजी कम्पनीमा सफ्टवेयर इन्जिनियरको रूपमा काम गर्छिन् । छोरा धनुष इन्जिनियरिङमा उत्तीर्ण छन् भने छोरी ऋतिका स्कुलमा छिन् ।

अशोकका बुबा जिल्ला न्यायाधीश थिए

अशोकको ओडिशामा एचआर कन्सल्टेन्सी फर्म छ । उनी पाँच दाजुभाइमध्ये चौथो हुन् । उनका परिवारका बाँकी सदस्य पुणेमा बस्छन् । दुर्घटनाको जानकारी पाएपछि पूरै परिवार राति अबेर ठाणे पुगेका थिए । अशोकका बुबा जिल्ला न्यायाधीश हुन् । उनको ११ वर्षअघि निधन भएको थियो । उनकी आमाको पनि २०२० मा निधन भयो ।

अशोक आफ्नो काकासँग जान लागेका थिए

अशोकका भाइ कानन त्रिपाठीले भने, ‘अशोकले मसँगै नेपाल घुम्ने योजना बनाएका थिए । यसमा उनी निकै खुसी थिए । यद्यपि, मेरो केहि काम पर्यो, त्यसैले म जान पाइनँ । ’

अशोक मे २६ मा  मुम्बई आएका थिए र यो परिवार यहाँबाट नेपाल आएका थिए । अशोकका केयरटेकरले भने,  ‘सर ९अशोक० मुम्बई गएको दिन उहाँले आफू कहिले फर्कने भनेर केही भन्नुभएको थिएन । उहाँले मलाई घरको हेरचाह गर्न मात्र आग्रह गर्नुभयो ।’

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »