Century Times

गुजरातको रासायनिक कारखानामा विस्फोट, ७०० स्थानीयलाई सुरक्षित स्थानमा सारियो

गुजरातको रासायनिक कारखानामा विस्फोट, ७०० स्थानीयलाई सुरक्षित स्थानमा सारियो

काठमाडौं । भारतको गुजरातस्थित वडोदरामा विहीबार राति एक रासायनिक कारखानामा भीषण विस्फोटसहित आगलागी भएको छ ।

बीबीसीका अनुसार दीपक नाइट्राइट कारखानामा ठूलो विस्फोटपछि भएको आगलागीमा परेका सात जनालाई अस्पताल भर्ना गरिएको छ । उनीहरूलाई धुँवाका कारण श्वासप्रश्वासमा समस्या देखापरेको छ ।

कारखाना नजिक रहेका ७०० मानिसलाई त्यहाँबाट हटाएर सुरक्षित स्थानतर्फ पठाइएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । घटनास्थलमा आगो निभाउन तत्काल कैयौं दमकल पुगेका थिए । ठूलो विस्फोटपछि निस्किएको धुँवा टाढाटाढाबाट पनि देखिन्थ्यो ।

आगलागनी नियन्त्रणको प्रयास जारी रहेको र अहिलेसम्म मानवीय क्षतिको विवरण नआएको स्थानीय अधिकारीको भनाइ उद्धृत गर्दै बीबीसीले खबर लेखेको छ ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »