Century Times

प्रधानमन्त्रीले गभर्नरलाई फोन गरेर भने–सेयर लगानीकर्ताको गुनासो सुनिदिनुस्

प्रधानमन्त्रीले गभर्नरलाई फोन गरेर भने–सेयर लगानीकर्ताको गुनासो सुनिदिनुस्

काठमाडौं । नेपाल पूँजी बजार लगानीकर्ता संघले सेयार धितोमा लगाइएको ४ करोड र १२ करोडको सीमा परिवर्तन गर्न माग गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरी संघले ४ बुँदे माग अघि सारेको हो ।

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिमार्फत सेयरधितो राखेर एउटै व्यक्तिले एउटै बैंकबाट अधिकतम् ४ करोड रुपैयाँ र समग्र वित्तीय प्रणालीबाट १२ करोड रुपैयाँभन्दा बढी सेयर कर्जा लिन नपाउने व्यवस्था गरेको थियो ।

कर्जा–स्रोत अनुपात (सीसीडी रेसियो) खारेज गरी कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) कायम गरिएकोमा अब पुनः सीसीडी रेसियो नै काम गर्न पनि लगानीकर्ताले माग गरेका छन् ।

भारित औसत दर १५० प्रतिशत रहेकोमा त्यसलाई १०० प्रतिशतमा झार्न पनि संघले माग गरेको छ । नेपाल राष्ट्र बैंकले सेयर बजारमा जोखिमको भारित औसत दर बढाएको थियो ।

सबै प्रदेश र जिल्लामा सेयर बजारलाई विस्तार गर्न बैंकलाई पनि सेयर ब्रोकर लाइसेन्स दिन संघले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।

संघकी अध्यक्ष राधा पोखरेलका अनुसार भेटमा सेयर बजारको पछिल्लो अवस्था, मौद्रिक नीतिका व्यवस्थाले सेयर बजारमा परेको दबाव, ४ करोड र १२ करोडको क्याप (सीमा), सीडी तथा सीसीडी रेसियोको व्यवस्थाले परेको प्रभावबारे प्रधानमन्त्रीलाई जानकारी दिइएको छ ।

भेटकै क्रममा प्रधानमन्त्री देउबाले फोनमार्फत लगानीकर्ताको समस्या र गुनासो सुनिदिन गभर्नर महाप्रसाद अधिकारीलाई आग्रह गरेका छन् । ‘प्रधानमन्त्री ज्यूले तत्कालै गभर्नर महाप्रसाद अधिकारी ज्यूलाई फोन गरी पूँजी बजारको समस्या शीघ्र समाधान गर्न निर्देशन दिनुभयो,’ पोखरेलले समाजिक सञ्जालमा लेखेकी छिन्,‘ भोलि नेपाल पूँजीबजार लगानीकर्ता संघका पदाधिकारी नेपाल राष्ट्र बैंक आउनु हुनेछ, लगानीकर्ताको अवस्था गम्भीर भइसकेको रहेछ, तुरुन्त सम्बोधन गरिदिनुस् भन्नुभयो ।’

आम लगानीकर्ताको समस्यामा सहजीकरण हुन्छ हुनेमा संघ आशावादी रहेको पोखरेलले उल्लेख गरेकी छिन् ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »