अयोग्य व्यक्तिलाई जसपाले मन्त्री बनाएपछि कानूनका दुई जना विद्यार्थीले सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन् । ती विद्यार्थीहरु लहान १८ का मन्दीप साह र रौतहट देवाही ८ का ब्रज किशोर पटेल हुन् ।

सोमबार सप्तरीका मृगेन्द्र सिंह यादवलाई गैर संवैधानिक तरिकाले कृषि तथा पशुपंक्षी विकास मन्त्री नियुक्त गरेको भन्दै उनीहरु बुधबार सर्वोच्च अदालतमा रिट दर्ता गराएको हो ।
गत प्रतिनिधिसभाको निर्वाचनमा सिंहले सप्तरीको क्षेत्र नं. ४ बाट तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा) बाट उम्मेदवार भएका थिए । सिंह नेपाली कांग्रेसका उम्मेदवार तेजुलाल चौधरीसँग १० हजार मतान्तरले पराजित भएको थियो ।
नेपालको संविधान २०७२ को धारा ७८ उपधारा (४) बमोजिम प्रतिनिधि सभाको निर्वाचनमा पराजित भएको व्यक्ति सोही कार्यकालमा मन्त्री बन्न योग्य नहुने प्रष्ट व्यवस्था गरेको छ ।
कानूनका दुवै विद्यार्थीले गलत प्रक्रियाबाट नियुक्त भएका मन्त्री संविधानको व्यवस्था प्रतिकुल रहेको भन्दै मन्त्री पदबाट हटाउन माग गर्दै सर्वोच्चमा रिट दर्ता गराएको हो । जानकारी अनुसार विहिबार बहस हुने जनाएको छ ।
Century Times
