Century Times

सीमा नाकामा गरिब जनतालाई अनावश्यक दुख नदिन सशस्त्र प्रहरीलाई ध्यानाकर्षण 

सीमा नाकामा गरिब जनतालाई अनावश्यक दुख नदिन सशस्त्र प्रहरीलाई ध्यानाकर्षण 

मधेशी आयोगले सीमा नाकामा गरिब जनतालाई अनावश्यक दुख नदिन सशस्त्र प्रहरीलाई ध्यानाकर्षण गराएको छ ।

आयोगका अध्यक्ष विजयकुमार दत्तले तराई-मधेशसँग जोडिएका नेपाल-भारत सीमामा देखा परेका लागूऔषध ओसारपसार, मानव तस्करी, चेलीबेटी बेचविखन जस्ता समस्याहरुलाई न्यूनीकरण गर्न थप संवेदनशील बन्न सचेत गराए । 

तर अपराध नियन्त्रणका नाममा जनतालाई अनावश्यक दुख दिन नहुनेमा समेत संवेदनशील बन्न उनको सुझाव थियो ।

अध्यक्ष दत्तले सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याललाई आयोगको कार्यालयमा बोलाएर सीमानाकाहरुमा गरिब जनताहरुलाई अनावश्यक दुख नदिन ध्यानाकर्षण गराएका हुन् ।

भेटमा अध्यक्ष दत्तले गरिब जनताहरुले भारतबाट दैनिक गुजाराको लागि सामान ल्याउँदा पनि सशस्त्र प्रहरीले दुख दिएको गुनासो आइरहेको बताएका थिए । ‘गरिब जनताले सीमा नाकाबाट थोरै-थोरै सामान ल्याएर दैनिक गुजारा चलाइरहेका हुन्छन् । तर प्रहरीले उनीहरुको त्यस्तो बाध्यतामाथि पनि निगरानीको नाममा अनावश्यक दुख दिने गरिरहेको छ, यस्तो नहोस् भन्ने हाम्रो आग्रह छ,’ अध्यक्ष दत्तको भनाइ थियो ।

अध्यक्ष दत्तले मानवअधिकारको रक्षा गर्नु सबैको दायित्व रहेको भन्दै त्यसमा संवेदनशील भइदिन प्रहरीलाई आग्रह गरेका हुन् ।

त्यस्तै, सशस्त्र प्रहरीमा मधेशी समुदायको पहुँच बढाउन समेत आयोग र सशस्त्र प्रहरीबीच समन्वयात्मक भूमिका आवश्यक रहेकोबारे छलफल भएको थियो । भेटघाटमा महानिरीक्षक अर्यालले सशस्त्र प्रहरीले आयोगसँग सहकार्य गरी सीमासँग जोडिएका गाउँहरुमा युवा सशक्तिकरणको लागि सीपमूलक तथा सचेतनामुलक कक्षाहरु सञ्चालन गरिने प्रतिबध्ता व्यक्त गरेका थिए ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »