Century Times

सरकारद्वारा स्टार्टअप उद्यम कर्जाको प्रस्ताव आह्वान, २५ लाखसम्म ऋण पाउने

सरकारद्वारा स्टार्टअप उद्यम कर्जाको प्रस्ताव आह्वान, २५ लाखसम्म ऋण पाउने

सरकारले नवप्रवर्धक उद्यमी प्रोत्साहनका लागि स्टार्टअप उद्यम कर्जाको प्रस्ताव आह्वान गरेको छ ।

सरकारले चालु आर्थिक वर्षको बजेटमा गरेको व्यवथाअनुसार औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले स्टार्टअप उद्यमीसँग प्रस्ताव मागेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि २०८० स्वीकृत गरेपछि प्रतिष्ठानले प्रस्ताव माग गरेको छ । मन्त्रालयले यही माघ ११ गते कार्यविधि स्वीकृत गरेको थियो । मन्त्रालयले स्वीकृत गरेको कार्यविधिअनुसार स्टार्टअप उद्यमका रूपमा १६ वटा क्षेत्रमा उद्यम गर्न सकिने भएको छ । यस वर्ष सरकारले स्टार्टअप कर्जाका लागि २५ करोड रुपैयाँ विनियोजन गरेको छ । तीन प्रतिशत ब्याजदरमा २५ लाख रुपैयाँसम्म स्टार्टअप कर्जा दिने सरकारको तयारी गरेको छ । कर्जा तीन किस्तामा उपलब्ध हुने छ ।

स्टार्टअप उद्यमको मापदण्ड पूरा गरेका, तोकिएको क्षेत्रमा नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएका स्टार्टअप उद्यम कर्जा लिन इच्छुकले आवेदन र प्रस्ताव पेस गर्न सक्ने प्रतिष्ठानले जनाएको छ ।

कार्यविधिअनुसार बैंकले कर्जा प्रवाह गर्दा स्वीकृत व्यवसाय वा परियोजनालाई नै धितोका रूपमा राख्ने भएको छ । त्यस्तो व्यवसाय वा परियोजनाको बीमा भने उद्यमी आफैँले गर्नुपर्ने भएको छ । कर्जा सुरक्षण भने कर्जा सुरक्षण कोषमार्फत हुने भएको छ ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »