Century Times

मुख्यमन्त्री सरोज कुमार यादवले तेस्रो पटक पाए विश्वासको मत

मुख्यमन्त्री सरोज कुमार यादवले तेस्रो पटक पाए विश्वासको मत

मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले तेस्रो पटक प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन् ।

आईतबार बसेको प्रदेश सभाको बैठकबाट मुख्यमन्त्री यादवले विश्वासको मत प्राप्त गरेका छन् ।

प्रदेश सभामा उपस्थित १०४ जना प्रदेश सभा सदस्यमध्ये मुख्यमन्त्री यादवको पक्षमा ६९ मत र विपक्षमा ३५ जनाले मतदान गरेका छन् ।

गत माघ ९ गते जनमत पार्टी सरकारबाट बाहिरिएपछि र समर्थनसमेत फिर्ता लिएपछि मुख्यन्त्री यादवले विश्वासको मत लिनुभएको हो । जसपाका यादव गत पुस २७ गते मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । मुख्यमन्त्री बनेयता यादवले तेस्रो पटक विश्वासको मत लिनुभएको हो ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »