Century Times

मधेश सरकारको सुराकी खर्च खारेज

मधेश सरकारको सुराकी खर्च खारेज

मधेश प्रदेश सरकारको गृह तथा सञ्चार मन्त्रालयले सुराकी खर्च नै खारेज गरेको छ ।

एमालेबाट भौतिक पूर्वाधार तथा विकास एवम गृह तथा सञ्चार मन्त्री सरोजकुमार यादवले सुराकी खर्च खारेज गर्ने निर्णय गरेका हुन ।

गृह मन्त्रालयका सूचना अधिकारी संदिपकुमार सिंहका अनुसार मन्त्री यादवले सुराकी खर्च आवश्यक नरहेको भन्दै खारेजको निर्णय गरेका हुन् ।

मधेश प्रदेश सरकारले ०७५ जेठ १० गते सुराकी खर्च बाँड्ने निर्णय गरेको थियो । मधेश प्रदेश सरकारको गृह तथा सञ्चार मन्त्रालयले छुट्टयाएको सुराकी खर्च मन्त्री, राज्यमन्त्री र सचिवले आफूखुशि बुझ्दै आएका थिए ।

मन्त्रालयका अनुसार अहिलेसम्म १ करोड ४२ लाख ८९ हजार ६ सय ६६ रुपैयाँ सुराकी खर्चवापत मन्त्री, राज्यमन्त्री र सचिवहरुले बुझिसकेका छन् ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »