Century Times

जनकपुरधाममा महासेठलाई १०१ किलोको मालाले भव्य स्वागत

जनकपुरधाममा महासेठलाई १०१ किलोको मालाले भव्य स्वागत

उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री बनेर गृह जिल्ला पुग्दा नेकपा एमालेका सचिव रघुवीर महासेठलाई भव्य स्वागत गरिएको छ ।

जनकपुरधाम विमानस्थलमा उपप्रधानमन्त्री महासेठलाई एमाले नेता कार्यकर्ताहरूले १०१ किलोको मालाले स्वागत गरेका हुन् । महासेठ प्रभावशाली मन्त्री बनेकोमा नेता कार्यकर्ताहरू उत्साहित देखिए ।

महासेठको स्वागत चलिरहँदा एक युवक दही र माछाको भार (पाहुर) बोकेर पुगेका थिए । ती युवकले उनलाई माछा र दहीको टीका लगाए । एमालेका एक नेताका अनुसार कसैको नजर नलागोस् भनेर माछा र दहीको टीका उपप्रधानमन्त्री महासेठलाई लगाइएको छ ।

नेता महासेठलाई स्वागत गर्न आएका शुभचिन्तकहरुको भिडलाई नियन्त्रण गर्न स्थानीय प्रहरीलाई हम्मे परेको थियो ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »