Century Times

मुख्यमन्त्री यादवले फेरि विश्वासको मत लिने

मुख्यमन्त्री यादवले फेरि विश्वासको मत लिने

मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले फेरि विश्वासको मत लिनु पर्ने भएको छ ।

मधेश सरकारबाट काँग्रेसले समर्थन फिर्ता लिएको छ । काँग्रेस संसदीय दलका नेता कृष्ण प्रसाद यादवले प्रदेश प्रमुखलाई पत्र पठाउँदै मुख्यमन्त्री नियुक्तिको बेला दिएको समर्थन फिर्ता लिएको जानकारी गराएका छन् ।

केन्द्रमा समिकरण फेरिएपछि गत सोमबार मुख्यमन्त्री सरोजकुमार यादवले काँग्रेसका तीन मन्त्रीलाई बर्खास्त गर्दै एमालेलाई सरकारमा प्रवेश गराएका थिए । मुख्यमन्त्री यादवले नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मन्त्री नियुक्त गर्दै काँग्रेस भागको तीनवटै मन्त्रालयको जिम्मेबारी उनलाई दिएका थिए ।

काँग्रेसले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले अब कानुन प्रावधान अनुसार ३० दिन भित्र सदनबाट फेरि विश्वासको मत लिनु पर्छ ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »